बम आक्रमणको युवासंघद्धारा भत्र्सना : अध्यक्ष पौडेल भन्छन–’आतंकारी शैली अपनाउनेमाथी कडा कदम चाल्नुपर्छ’

काठमाडौँ, फागुन ११ । श्रृङ्खलाबद्ध बम आक्रमण गर्नेमाथी युवा संघ नेपालले कडा चेतवानी दिएको छ । मुलुक यो चरणमा आईपुग्दा समेत आतंकारी शैली अपनाउनेमाथी राज्यले कडा कदम चाल्ने कुरामा सचेत हुन समेत युवा संघले जोड दिएको छ ।

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन– राजनीतिको आवरणमा हुने जुनसुकै अपराधीक र हिंसात्मक घटनाको हामी घोर भत्सर्ना गर्दछौ ।

उनी लेख्छन्– ‘यस्ता आतंककारी शैलीका अभियानले तपाईले भनेको समाजवाद आउँदैन भन्दै शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन पनि आग्रह गर्दछौं ।

वर्तमान सरकारले अगाडि सारेको सम्बृद्दीको महा–अभियानमा साथ दिँदै हत्या हिंसाको राजनीति त्यागी समाजवादको आधार तयार गर्ने महान कार्यमा जुटन हामी हार्दिक अपिल गर्दछौ। उहाँले थप लेख्नुहुन्छ जुन सुकै आवरणमा भए पनि अपराधीक र हत्यारो कृयाकलापमा सम्लग्न सबैलाई हाम्रो संगठन जोडदार कारवाहीको माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्