डिपिएलको उपाधि अत्तरियाले उचाल्यो , सन्नीको सानदार ब्याटिङ
काठमाडौं, फागुन ११ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल)को उपाधि सिवाईसी अत्तरियाले जितेको छ ।भारतीय खेलाडी सन्नी पटेलले सानदार ब्याटिङ गरेपछि डिपिएल०को उपाधि सिवाईसी अत्तरियाले जितेको हो ।
आज भएको फाइनल खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।
१ सय २४ रनको लक्ष्य पक्ष्याएको १९।५ ओभरमा ७ विकेटको क्षतिमा १ सय १२७ रन बनायो । यो जितसँगै अत्तरियाले ३० लाख प्राप्त गर्दा उप विजेता टोली महेन्द्रनगरले १२ लाखमा चित्त बुझायो ।
अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा अभिनास बोहोरालाई पाँचौ बलमा सन्नी पटेलले छक्का हान्दै उपाधि जिताए । अत्तरियाको जितमा सन्नी पटेलले उत्कृष्ट ब्याटिङ गरे । अत्तरियालाई उपाधि दिलाउन सन्नीले २६ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ४७ रनमा अविजित रहे ।
अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरीले ३५ बलमा १ चौका सहित मात्र १७ रन बनाउन सके । १७ ओभरको चौथो बलमा ऐरीलाई मोहम्मद नाविदले बोल्ड आउट गरे । ओपनर ज्ञानेन्द्र कुवँर जय किशन कोल्सावालाले ५ ओभरमा ३१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
पाँचौ ओभरको अन्तिम बलमा अभिनास बोहोराले ज्ञानेन्द्र कुवँरलाई ७ रनमा बोल्ड आउट गरे । सातौं ओभरको तेस्रो बलमा सन्दीप जोरा २ रनमा रन आउट गरे । अभिनासको बलमा सिद्धान्त लोहनीले उत्कृष्ट रन आउट गराएका थिए । ९ औं ओभरको पहिलो बलमा सागर ढकालले कोल्सावालाई ३० रनमा क्याच आउट गराए ।
अंमरसिंह राउटेलाले क्याच गर्नु अघि २७ बलमा ५ चौका प्रहार गरे । लगतै तेस्रो बलमा रित गौतमलाई शून्यमा विकेटकीपर दिलिप नाथले स्टम्पिङ आउट गराएपछि अत्तरिया दवावमा परेको थियो । १० औं ओभरको अन्तिम बलमा भुवन कार्की ८ रनमा क्याच आउट भएपछि अत्तरिया ५४–५ को कमजोर अवस्थामा पुगेको थियो ।
छैटौं विकेटका लागि कप्तान दिपेन्द्र सिंह ऐरी र दिपेन्द्रसिंह ऐरीले ३८ रनको साझेदारी गर्दै जितको आसा देखाएका थिए । त्यस्तै कमलसिंह ऐरी ३ रनमा आउट भए ।सागर ढकालले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । मोहम्मद नाविदले २,साहव आलम र अभिनास बोहोरा समान एक विकेट लिए ।
त्यस अघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको महेन्द्रनगरले २० ओभरमा अल आउट हुँदै १ सय २३ रन बनाएको थियो । महेन्द्रनगरका लागि ओपनर दिलिप नाथले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४३ रन बनाए ।
नाथलाई १६ ओभरको पहिलो बलमा सन्नी पटेले बोल्ड आउट गरेका थिए । कुशल मल्लले २५ रनको योगदान दिए । १५ ओभरको पहिलो बलमा रन आउट हुनु अघि २२ बलमा १ चौका र २ छक्का प्रहार गरे । तल्लो क्रमका रोहित कुमार पौडेलले आक्रमक रुपमा ब्याटिङ गर्दै २० बलमा समान १ चौका र छक्का प्रहार गर्दै २४ रनमा क्याच आउट भए ।
महेन्द्रनगरले पहिलो विकेटका रुपमा दोस्रो ओभरको दोस्रो बलमा मोहम्मद नाविदलाई १० रनमा गुमायो । दिपेन्द्रसिंह ऐरीको बलमा कमलसिंह ऐरीले क्याच गर्नु अघि नाविदले ५ बलमा समान १ छक्का र चौका प्रहार गरे । यसै ओभरको अन्तिम बलमा आनन्द सुब्रमनियम २ रनमा रन आउट हुन पुगे ।
दिलिप नाथसँग रनको तालेमल गर्न नसक्दा सन्नी पटेलले आनन्दलाई रन आउट गराए । कप्तान दिपेन्द्रले ८ औं ओभरको पहिलो बलमा आरिफ शेखलाई ११ रनमा क्याच आउट गराए । सन्नीले क्याच गर्नु अघि आरिफले १७ बलमा १ चौका प्रहार गरे ।
लगतै अर्को बलमा कप्तान शरद भेषवाकर शुन्यमा रन आउट हुन पुगेपछि महेन्द्रनगर संकटमा परेको थियो । पाँचौ विकेटका लागि कुशल मल्ल र दिलिप नाथले ५१ रनको साझेदारी गर्दै महेन्द्रनगरको इनिङ उकासेका थिए ।
अंमरसिंह राउटेला १ ,अभिनास बोहोरा र साहव आलम शुन्यमा आउट भए । महेन्द्रनगरले ५ ब्याट्सम्यान रन आउटको रुपमा गुमाएको थियो । अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । त्यस्तै र दिपेन्द्र राउतले २ सन्नी पटेल एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्