मेलम्चीको बाँकी काम सम्पन्न गर्न नयाँ टेन्डरको तयारी

काठमाडौं, फागुन १० । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ ठेक्काको तयारी सुरु भएको छ । मेलम्ची खानेपानी विकास समितिले नयाँ ठेक्का लगाउन तयारी थालेको जनाएको छ ।

समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले नयाँ ठेक्का लगाउन लगत विवरण, कागजात लगायतका तयारी थालेको बताए ।

मेलम्ची खानेपानी आयोजनाको भुइँ ढलान, भेन्टिलेसन साफ्टको निर्माण, गेट निर्माण, हेट वर्क्स र फिनिसिङसहितका ७ वटा काम सम्पन्न हुन बाँकी रहेको आयोजनाले जनाएको छ ।

९६ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाको बाँकी काम सक्न करिब ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्