सञ्चारमन्त्री बास्कोटाले भने -फेसबुक चलाउन पाइन्छ तर, मर्यादामा !

काठमाडौं, फागुन ९ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरु पनि मर्यादामा बस्नुपर्ने सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले प्रस्तावित विधेयकको बचाउ गरेका छन् । केही भ्रम उत्पन्न भएको भन्दै उनले भने, ‘सरकारले अभिव्यक्तिको स्वतन्त्रतालाई नै बन्देज लगाउन खोज्यो भनेर बुझ्नु भयानक गल्ती हुन्छ ।’

सामाजिक सञ्जालका हरेक प्रयोगकर्ता सरकारी निकायमा दर्ता गर्नुपर्ने प्रस्ताव नभएको उनले प्रष्ट पारे ।

तर, अन्य देशहरुमा जस्तै फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने सरकारका प्रवक्ताले प्रष्ट पारे । ‘व्यक्तिले दर्ता गर्नु पर्दैन । तर, फेक आइडी बनाएर हुर्मत लिनलाई नियन्त्रण गर्न पाइन्छ कि पाइँदैन रु’ उनले भने । सरकारले फेकबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नखोजेको प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्