नेपाली ग्यास बुलेटलाई भारतले अझै लाइसेन्स दिएन, व्यवसायीहरुको साढे तीन अर्ब रुपैयाँ अलपत्र

काठमाडौं, फागुन ९ । भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा नेपाली व्यवसायीहरुको साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको छ ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार दुई वर्षको अवधिमा करिब साढे तीन अर्ब रुपैयाँ अलपत्र परेको हो । सरकारले करिब दुई वर्षअघि नेपाली व्यवसायीले पनि ग्यास बुलेट खरिद गर्न र त्यसबाट ढुवानी गर्न पाउने व्यवस्था गरिदियो । ७७५ बुलेटको अनुमति दिएको थियो ।

व्यवसायीले भारतको दिल्ली, बरौदा, पुणे र हरियाणालगायत सहरमा बुलेट बनाउन थाले ।

नेपाली बुलेटबाट ग्यास ढुवानी गर्न रुट परमिटसँगै विस्फोटक पदार्थ ओसारपसारको लाइसेन्स भारतले नदिँदा व्यवसायीहरुको लगानी जोखिममा परेको हो ।

प्रतिक्रिया दिनुहोस्