अब मलेसियामा कामदारहरुलाई लेबी फ्रि

काठमाडौं । नेपालीहरुको वैदेशिक रोजगारको गन्तव्य मलेसियामा कामदारहरुले अब लेबी तिर्नु नपर्ने भएको छ ।
रोजगारदाता कम्पनीहरुले नै कामदारको लेबी व्यहोर्ने नियम मेलेसिया सरकारले ल्याएकाले कामदारले सन् २०१८ देखि लेबी तिर्न नपर्ने भएको हो ।

मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नुपर्ने निर्णय गत वर्ष नै गरेको थियो । सो निर्णय १ जनवरी २०१८ देखि लागू हुने मलेसियाको मानव संशाधन मन्त्रालयले जानकारी दिएको छ ।
मलेसियाको यो निर्णयबाट नेपाली कामदारहरु लाभान्वित हुने भएको छ ।
विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिइसकिएको छ । नयाँ नियम अनुसार कामदार आफ्नो मुलुक नफर्किएसम्म रोजगारदाता पूर्ण जिम्मेवार हुनु पर्नेछ ।

विदेशी कामदारको लेवि मलेसियाका बिभिन्न क्षेत्रहरुमा फरकफरक छ । मेलेसियन रिंगेट ५९० देखि १ हजार १० सम्म लेवि तिर्नुपर्दछ ।

रोजगारदातालाई विदेशी कामदारप्रति जिम्मेवार बनाउन र विदेशी कामदारको रेखदेख तथा अवस्था मूल्यांकन गर्न जिम्मेवारी र अवलोकन सम्वन्धी मापदण्ड ल्याउने तयारी पनि मलेसिया सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्