देशभरका सरकारी चिकित्सक बिदामा, अस्पतालको सेवा प्रभावित
काठमाडौं, फागुन ८ । कर्मचारी समायोजनको विरोध गर्दै देशभरका सरकारी चिकित्सक बिदामा बसेका छन् ।
आइतबारदेखि आन्दोलनमा उत्रिएका १४ सय चिकित्सकले आज एक दिन बिदामा बसेर समायोजनको विरोध गरेका छन् ।
समायोजनका कारण आफुहरुलाई प्रदेश र स्थानीय तहमा खुम्च्याउन खोजेको उनीहरुको आरोप छ । आफ्ना मागको सुनुवाइ नभए आगामी शुक्रबार आकस्मिक बाहेकका अन्य सेवा बहिस्कार गर्ने र आइतबार सामुहिक राजिनामा दिने निर्णय समेत आन्दोलनरत चिकित्सकहरुले गरेका छन् ।
सरकारी चिकित्सकहरु बिदामा बसेपछि सरकारी अस्पतालको सेवा प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्