केही दिनमै हैटौँडा प्रदेश ३ को स्थायी राजधानीः मुख्यमन्त्री पौडेल

जागरण न्युज
काठमाडौं, ७ फाल्गुण । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानी हेटौंडाबाट बाहिर नजाने बताएका छन् । हेटौंडास्थित रेडियो थाहा सञ्चारको ११औं वार्षिकोत्सवमा बोल्दै उनले केही दिनमै स्थायी राजधानी निश्कर्षमा पुग्ने बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘राजधानी टिकाउनकै लागि केही ढिलाइ भएको हो, केही दिनमै राजधानीको टुङ्गो लागेको समाचार तपाईहरुले पाउनुहुनेछ ।’

हेटौँडा स्थायी राजधानी हुने भएपछि यहाँको सडक फराकिलो बनाउन पहल थालिएको पनि उनले बताए । मुख्य बजारमा चार लेनको सडक बनाउन प्रदेश सरकारले केन्द्र सरकारलाई सिफारिस गरिसकेको छ र यहाँको सडक दायाँ बायाँ १६/१६ मिटर फराकिलो बनाउने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्