न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

जागरण न्युज
काठमाडौं, ७ फाल्गुण । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन । आजैदेखि लागु हुने गरी प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएका हुन् ।

प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिले जोशीलाई अस्वीकृत गरेको थियो । प्रधानन्यायाधीश राणाले उनलाई पुस १७ गते देखि इजलास तोकेका थिएनन् ।

ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका जोशीलाई कानुनमन्त्रीको मध्यस्थतामा इजलाश दिइएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र समशेरले उनको जिम्मेवारी समेत खोसेका थिए । उनलाई केही सांसदहरुले महाअभियोग लगाउने तयारीसमेत गरेका थिए ।

तात्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषदको सचिवले पदमुक्त गरेपछि जोशी कायम मुकायम प्रधानन्यायाधीशसमेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्