नेपाली सेनाले एउटा हेलिकोप्टर र दुई वटा जहाज खरिद प्रक्रिया अघि बढाए

काठमाडौं । नेपाली सेनालाई एउटा हेलिकोप्टर र दुई वटा जहाज खरिद गर्न अर्थ मन्त्रालयले रकम निकासा गरे लगतै फेरी सेनाले थप दुई एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ ।

रुसको कजान हेलिकप्टरले उत्पादन गर्ने एमआई–१७ भी–५ हेलिकप्टर खरिद गर्न सेनाले रक्षा मन्त्रालयमा प्रस्ताव पठाइसकेको जनाएको छ ।
‘मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि रुसको सरकारी स्वामित्वको रोसोबोरोनेक्सपोर्टसँग दुईवटा एमआई–१७ भी–५ हेलिकप्टर खरिद सम्झौता हुने नेपाली सेनाले जनाएको छ ।
दुईवटा जहाज खरिद गर्न बजेटमै ३७ करोड रुपैयाँ छुट्याएको सरकारले भदौ २३ गते नेपाली सेनालाई थप ८ करोड ५६ लाख ३८ हजार ९ सय ९५ रुपैयाँ दिने निर्णय ग¥यो भने असोज १८ गते अर्थ मन्त्रालयले ‘लाइट हेलिकप्टर’ खरिद गर्न सेनालाई ४१ करोड ८० लाख रुपैयाँ रकमान्तर निकासा गरेको थियो । सेनाले अहिले फेरि ३ अर्ब ४० करोड रुपैयाँमा दुईवटा एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको हो ।
मन्त्रिपरिषद् बैठकले दुईवटा ट्रेनर जहाज खरिद गर्न गत भदौ २३ गते नेपाली सेनालाई ८ करोड ५६ लाख ३८ हजार ९ सय ९५ रुपैयाँ दिने निर्णय गरेको थियो । यसअघि दुईवटा जहाज खरिद गर्न सरकारले बजेटमै ३७ करोड रुपैयाँ छुट्याएको थियो । बजेटमा व्यवस्था गरेको रकम अपुग भएको भन्दै सेनाले थप रकम मागेपछि अर्थले गत कात्तिकमा उक्त रकम सेनालाई निकासा गरिदिएको थियो । सैनिक तालिमका लागि भन्दै अर्थले जहाज किन्न सेनालाई रकम निकासा गरेको हो ।
गत असोजमा पनि अर्थले नेपाली सेनालाई एउटा हेलिकप्टर खरिद गर्न रकम निकासा गरेको थियो । असोज १८ गते अर्थ मन्त्रालयले नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि ‘लाइट हेलिकप्टर’ खरिद गर्न ४१ करोड ८० लाख रुपैयाँ रकमान्तर निकासा गरेको थियो । अहिले फेरि सेनाले दुईवटा एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ ।
स्रोतका अनुसार सेनाले एउटा एमआई–१७ भी–५ हेलिकप्टर १ करोड ७० लाख अमेरिकी डलर ९करिब १ अर्ब ७० करोड रुपैयाँ० मा रोसोबोरोनेक्सपोर्टसँग खरिद गर्न खोजेको छ । यही रकममा खरिद सम्झौता भए दुईवटा हेलिकप्टरका लागि ३ अर्ब ४० करोड रुपैयाँ बुझाउनुपर्छ ।

२०७० सालमा पनि नेपाली सेनाले रोसोबोरोनेक्सपोर्टसँग दुईवटा एमआई–१७ भी–५ हेलिकप्टर खरिद गरेको थियो । त्यतिबेला पनि हेलिकप्टर खरिद प्रक्रिया निकै विवादमा परेको थियो । सम्झौता भएको दुई वर्षपछि २०७२ जेठ २६ गते दुईवटा एमआई–१७ भी–५ हेलिकप्टर नेपाल आइपुगेका थिए ।

सुरुमा सेनाले रोसोबोरोनेक्सपोर्टसँग सीधै हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको थियो । खरिद प्रक्रिया विवादमा तानिएपछि २०७० कात्तिक १४ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाली सेनाका लागि हेलिकप्टर खरिदसम्बन्धी कार्यविधि’ पारित गरेको थियो ।
रोसोवोरोनेक्सपोर्टसँग २०७० पुस ४ गते २ ओटा एमआई–१७ भी–५ हेलिकप्टर खरिद गर्ने सम्झौता गरिएको थियो । बाबुराम भट्टराई नेतृत्वको सरकारले त्यतिबेला सेनालाई रुससँग २ वटा हेलिकप्टर खरिद गर्न ३ करोड अमेरिकी डलर दिने निर्णय गरेको थियो । मागेको भन्दा करिब ५० लाख अमेरिकी डलर बढी सेनालाई तत्कालीन सरकारले उपलब्ध गराएको थियो ।
‘अहिले रोसोवोरोनेक्सपोर्टले आफ्नो वेबसाइटमा एमआई–१७ भी–५ हेलिकप्टरको मूल्य १ करोड ७० लाख डलर राखेको छ, खरिद गर्दा त्यो मुल्य घट्ने स्रोतको दावीछ ।

प्रतिक्रिया दिनुहोस्