सुब्बा र खरदारसहित १८ हजार कर्मचारीको समायोजन सकियो

काठमाडौं , फागुन ६। सरकारले प्रशासनतर्फका सुब्बा र खरदारसहित १८ हजार ४२४ कर्मचारीहरुको समायोजन सकेको छ । तिमध्ये अधिकांशको समायोजन संघमा भएको छ ।

सोमबार साँझ प्रशासन र राजश्व समूहका सुब्बा तथा प्रशासन समूहका खरिदारको समायोजन सकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी समायोजन महाशाखाको पछिल्लो विवरणअनुसार प्रशासन सेवातर्फका ५ हजार ८०२ र राजश्वतर्फका ६७५ गरी जम्मा ६ हजार ४७७ जना सुब्बा समायोजन भएका छन् ।

यसैगरी प्रशासन सेवातर्फका खरिदार ४ हजार ६०६ जनाको समायोजन पनि सकिएको कर्मचारी समायोजन महाशाखा प्रमुख एवम् सहसचिव केदार पनेरुले जानकारी दिए ।

यसअघि सचिव, सहसचिव, उपसचिव तथा प्रशासन, लेखा र राजश्व समूहका अधिकृतहरु गरी ७ हजार ३४१ जनाको समायोजन सकिइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्