हिउँमा अलपत्र परेका करिव ७०० पर्यटकको प्रहरीद्वारा उद्धार
काठमाडौ, ०६ फागुन । प्रहरीले हिउँमा अलपत्र परेका करिव ७०० पर्यटकको दोलखाको कालिञ्चोकबाट उद्धार गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पर्यटकको उद्धार गरेको हो । शनिबार साँझदेखि हिमपात परेको कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए ।
प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २२ जनाको संयुक्त उद्धार टोली खटिएको थियो । टोलीले करीब १२० सवारीसाधन मार्फत सोमबार पनि उद्धार कार्यलाई जारी राखेको छ ।














प्रतिक्रिया दिनुहोस्