आज प्रकाशित महत्वपूर्ण समाचारहरु

काठमाडौं, ६ फागुण । आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयलाई प्राथमिकता दिएर समाचार प्रकाशित गरेको छन् । प्रायजसो पत्रिकाहरुले अख्तियारका पूर्व आयुक्तमाथि कारबाहीमा आलटाल गरेको समाचारलाई मुख्य समाचार बनाएका छन् भने केहीले सरकारको एक वर्षको समिक्षालाई कांग्रेसको दृष्टिकोण बनाएर समाचार प्रकाशित गरेका छन् । त्यस्तै, नेपाली सेनाभित्रको बेथिति, उपत्यकाका सडक र स्थानीय तहको गाडी मोहलगायतका विषयलाई पनि आजका पत्रिकाहरुले विशेष महत्वका साथ समाचार प्रकाशित गरेको छ ।

घुस प्रकरणमा मुछिएका अख्तियारका पूर्व आयुक्त राजनारायण पाठकलाई कारबाही गर्न अख्तियारले अलमल गरेकोलाई नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ । समाचार अनुसार, सरकारले उनीमाथि छानबिन गर्न चासो दिएको छैन भने अख्तियार अलमलमै छ ।

नयाँ पत्रिकाकाका अनुसार, आयोगका पदाधिकारीबीच आइतबार पाठकमाथि कसरी अनुसन्धान गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भए पनि ठोस निर्णय हुन सकेन ।

त्यस्तै मेलम्ची सक्न नयाँ टेन्डर माग्न लागेको खबर पनि नयाँ पत्रिकामा छ । मेलम्चीको बाँकी काम सक्न एक साताभित्रै नयाँ टेन्डर आह्वान गर्ने तयारी सरोकारवालाले गरेको समाचारमा उल्लेख छ ।
कान्तिपुर राष्ट्रिय दैनिकले सरकारको एकवर्षे कार्यकाल मूल्यांकन गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले ‘प्रधानमन्त्री केपी शर्मा ओली बयलगाडा चढेर सगरमाथा चढ्न लागेको’ टिप्पणी गरेको छ । सरकार आर्थिक समृद्धि, शान्तिसुरक्षा र सुशासनको दिशामा असफल रहेको उसको दाबी छ । सरकारका कामबारे प्रतिपक्षको धारणा सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सर्वसाधारणले दुई तिहाइको सरकार देखे पनि प्रतिफल देख्न नपाएको निष्कर्ष सहितको समाचार प्रकाशित गरेको छ । त्यस्तै नेपालमा लगानी गरे दोहोरो फाइदा प्रधानमन्त्रीको भनाईलाई मुख्य समाचार बनाएको छ । घूससहित नगरपालिकाका इन्जिनियर पक्राउ अख्तियारले आइतबार कञ्चनपुर बेलौरी नगरपालिकाका इन्जिनियर हृदयराज बजगाईंलाई ६० हजार रुपैयाँ घूससहित पक्राउको समाचारलाई पनि आजको कान्पिुरले समाचार प्रकाशित गरेको छ ।

अन्यमा पञ्जीकरण भएनन् यातायात व्यवसायी, बनेनन् विपन्न दलितका घर, लुट्न सके लुट गीतलाई जस्ताको तस्तै युट्युबमा राख्न लोक तथा दोहरीगीत प्रतिष्ठानको आग्रह, न्यायाधीशमाथि छानबिन गर्ने कार्यदलको म्याद एक महिना थप, न्याय परिषद्ले ३८ किलो सुन तस्करी प्रकरणमा तानिएका विराटनगर उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीशसहित ८ न्यायाधीशमाथि छानबिन गर्न गठित कार्यदलको म्याद एक महिना थपेको छ । मुद्दाको आदेश गर्दा न्यायिक विचलन गरेको आरोप लागेका ती न्यायाधीशमाथि थप अध्ययन गर्न लागिएको समाचारलाइ पनि महत्वकासाथ समाचार प्रकाशित गरेको छ ।

त्यस्तै ठेक्का लिएर पप्पुले बनाएन पुलः ठेक्का सम्झौताअनुसार काम भएको भए गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार र चितवनको इच्छा मनकामना गाउँपालिका चुमखोला गत वर्ष नै सडक सम्पर्कमा जोडिने थिए । पृथ्वीराजमार्गमा पर्ने उक्त रुटमा त्रिशूली नदीमाथि निर्माण गरिने मोटर पुलको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको थियो ।
कर्णालीको तटबन्ध भत्किँदै कर्णाली नदीमा करिब २ वर्षअघि बनाइएको तटबन्ध भत्किन थालेको छ । हुलाकी सडकमा रहेको कर्णाली पुलभन्दा करिब ५ सय मिटर तलतिरको तटबन्ध भत्किन थालेको हो ।
नोबेल शान्तिका लागि जापानद्वारा ट्रम्प सिफारिसः जापानी प्रधानमन्त्री सिन्जो अबेले सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपतिलाई सिफारिस गरेका छन् । जापानी सञ्चारमाध्यमका अनुसार अमेरिकाको अनुरोधमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिफारिस गरिएको हो ।

धरानमा यायोक्खा राईको अधिवेशन किरात राईहरू प्रदेश १ को धरानमा भेला हुने भएका छन् । उनीहरू उक्त समुदायको छाता संगठन किरात राई यायोक्खाको १० औं महाधिवेशनका अवसरमा जुट्न लागेका हुन् । ‘इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान, १ नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आहवान’ नारासहित यही फागुन १८ देखि तीन दिनसम्म महाधिवेशन सम्पन्न गरिने यायोक्खाको समाचारलाई पनि प्रकाशित गरेको छ ।
सहसचिव समायोजन आजदेखि स्वास्थ्य सेवाका एघारौं तहका कर्मचारीसहितका सहसचिवले सोमबारदेखि समायोजन पत्र पाउने भएका छन् । सरकारले ६६२ सहसचिवको समायोजन गर्ने निर्णय लिएको थियो । तीमध्ये प्राविधिक १ सय २ सहसचिवको प्रदेश र प्रदेश अन्तर्गतका कार्यालयमा समायोजनको समाचारलाई पनि प्रकाशित गरेको छ ।

राजधानी दैनिकले काठमाडौंको सडकको दूरावस्थाबारे लेखेको छ भने गोरखापत्रले प्रहरी विधेयक लगायतको चर्चा गरेको छ ।

सेनाभित्रको बेथिति निरन्तर खोतल्दै आइरहेको नयाँ पत्रिकाले सेनाका बहालवालादेखि पूर्व प्रधानसेनापतिहरुले गरेको कानून उल्लंघनलाई ‘सैनिक कानून, सेनापतिले मात्र जानून्’ शीर्षक दिएर लेखेको छ । समाचार अनुसार हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले निकटस्थलाई सिफारिस गर्न चार महिनासम्म बढुवा अवरुद्ध गराएका छन् । यसअघिका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले त आफ्नै प्रमाणपत्र केरमेट गरेको नयाँ पत्रिकाले लेखेको छ । प्रधानसेनापतिहरुको जंगी शासन यतिमै सीमित छैन । पूर्वप्रधानसेनापति रुकमांगद कटवालले त हुकुमप्रमांगीका आधारमा उमेर नै घटाएका थिए । फास्ट ट्रयाकका नाममा निकटस्थलाई बढुवा गर्ने गौरवशमशेर जबरा हुन् या कट्वाल कसैलाई पनि कारबाही भने भएको छैन ।
एकै महिनामा ८ अर्व ३० करोड रकामान्तर देउवा सरकारलाई उछिन्यो ओली सरकारले भनि शिर्षक  दिएर आजको अभियान राष्ट्रिय दैनिकले मुख्य समाचार प्रकाशित गरेको छ ।

विद्युतीय माध्यमको दुरुपयोग गरे ५ वर्षसम्म जेल काठमाडौं । विद्युतीय माध्यमबाट जातीय भेदभाव वा दुरुत्साहन गर्ने, श्रमको अवहेलना गर्ने, अपराधमा बढावा दिने र शान्ति सुरक्षा भंग हुने काममा उक्साउने सामग्री प्रसारण वा सम्प्रेषण गरे १५ लाख रुपैयाँ जरीवाना र ५ वर्षसम्म कैद हुने प्रस्ताव सरकारले ल्याएको समाचारलाई पनि प्रकाशित गरेको छ ।

नयाँ नेपाली राजदूतहरूको ठम्याइ विदेशी लगानीकर्तालाई विश्वस्त पार्न नसक्नु कमजोरी, पुराना नौओटा जीवन बीमा कम्पनी बीमालेख धितोमा साढे २२ अर्ब कर्जा प्रवाह, नयाँ उद्यमीलाई विना धितो कर्जा देऊ, अभियान  ब्याजदर नियन्त्रणमा नियामक निकाय असफल, फ्रिक्वेन्सी बढाबढको टेण्डर प्रक्रियाको बाटो खुला समाचारलाई  आर्थिक अभियान समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्