एमाले र माओवादीको पार्टी एकता बैठक शुक्रबार

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबिचको पार्टी एकीकरण प्रक्रियाको औपचारिक सुरुआत शुक्रबारदेखि हुने भएको छ ।
दुवै पार्टी अध्यक्षसहित शीर्ष नेता सहितको केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने पछि मात्र पार्टी एकीकरणको अजेन्डादेखि पद बाँडफाँटसम्मका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
पार्टी एकताको लागि बैठकमा जानुअघिको आ–आफ्नो पार्टीको अजेण्डा तयार गर्न माओवादीले बैठक सम्पन्न भईसकेको र एमालेले आन्तरिक बैठक वस्दै छ । संयुक्त बैठक पछि पार्टी एकिकरणका लागि एजेण्डा तय हुनेछ । बैठकमा पेस गर्ने औपचारिक अजेन्डा र विषय तयार नपारिसकेकाले बैठक बस्न ढिलाइ भएको एमाले महासचिव इश्वर पोखरेलले जानकारी दिए ।
माओवादीको गत ३ गतेको बैठकले एकीकरण प्रक्रियालाई प्राथमिकता दिने निर्णयसहित पदीय बाँडफाँटमा सम्मानजनक अवस्था दिलाउने म्याण्डेटसहित पार्टी नेतृत्वलाई जिम्मेवारी दिईसकेकोे छ ।
एमाले नेता सुबासचन्द्र नेम्बाङले बिहीबार बस्ने स्थायी समिति बैठकमा माओवादीसँगको एकीकरण प्रक्रिया कसरी अगाडि लैजाने भन्नेबारे छलफल हुने बताए । उनले स्थायी समिति बैठकमा छलफलपछि एकता संयोजन समितिमा पार्टी अजेण्डा लैजाने कुरा बताए । एकीकरणको तयारी बैठक आगामी स्थायी समिति बैठकले नै निर्णय गरिने र  बैठकले पार्टी एकीकरण सहित निर्वाचन परिणामको समीक्षा पनि गर्ने उनले जानकारी दिए ।
एकिकरण केन्द्रीय संयोजन समितिमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेललगायत छन भने माओवादीवाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता श्रेष्ठ, रामबहादुर थापालगायतका नेता सम्मिलित छन् ।
दुवै दलले आआफ्ना अजेण्डा शुक्रबारको बैठकमा पेस गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्