नवलपरासीको भुमहीमा अवस्थित सुविधा सम्पन्न होटल एटलस सञ्चालनमा

काठमाडौ, ४ फागुन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका – १२ भुमहीमा करिब ३० करोड लगानीमा निर्माण सम्पन्न भएको होटल एटलस सञ्चालनमा आएको छ ।
एक बिघा क्षेत्रफलमा फैलिएको सो होटलमा बीस वटा सुविधा सम्पन्न कोठाहरु रहेका छन् । यस सहित विशिष्ट व्यत्तित्वकालागी विशेष पार्टी हलको समेत व्यवस्था गरिएको छ ।
पार्टी हल करिब २००० जनाको क्षमता सहितको एसी कन्फ्रेन्स हल समेत ब्यवस्थापन गर्न सकिने जनाइएको छ । यस होटल ब्यवसाय नाफा मुलक भन्दापनि नाफाको केही प्रतिशत रकम सामाजीक कार्यमा खर्च गर्ने योजना रहेको होटल सन्चालनक पक्षको भनाई छ ।
होटलमा भौतिक संरचनामा मात्र करिब रु ८ करोड खर्च भएको होटलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।
त्यस्तै बिशेष गरी आन्तरिक तथा बाह्यपर्यटकलाई लक्षित गरि भुमहीमा सुविधा सम्पन्न होटल एटलस सन्चालनमा आएको होटल सन्चालक कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले भने, यस वाहेक होटलले राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाइ टिकट, अन्तर देशिय तथा बाह्य टूर प्याकेज सहितको सुविधा समेत उपलब्ध गराउने लक्ष्य लिएका छौं ।
भैरहवा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण कार्य सम्पन्न भएर छिट्टै सन्चालनमा आउने भएपछि पश्चिम नवलपरासीको भुमहीमा ठुला लगानीका होटल ब्यवसाय धमाधम खुल्न थालेका छन् ।
बिमान स्थलका कारण यस क्षेत्र समेत आर्थिक रुपमा सम्पन्न हुदै जाने निश्चित देखिएपछि सुनवल नगरपालिका– १२ भुमहीमा पनि करोडौ आर्थिक रकम लगानी गरेर सुविधा सम्पन्न होटल खोल्ने क्रम बढ्दै गएको हो ।


एटलस होटलको एक बिशेष समारोह बिच उद्घाटन गर्दे उद्योग बाणीज्य संघ नवलपरासीका अध्यक्ष केशब प्रसाद भण्डारीले भुमही बिकासका क्षेत्र निकै अघि बढेको स्थान भएकाले ठुला लगानीका होटल ब्यवसाय सन्चालनमा आउनु यस क्षेत्रका आर्थिक सम्बृद्धि हुनेमा बिस्वास लिएको बताउनुभयो ।
कार्यक्रममा उद्योग बाणीज्य संघ नवलपरासीका सदस्य भोला पराजुलीले होटल ब्यवसाय नाफा मुखी भन्दा पनि सामाजीक बिषयबस्तुमा नाफाको केही रकम सामाजीक कमामा लागने होटलको योजना सकारात्मक कार्य रहेको बताउनुभयो ।
कार्यक्रममा होटल ब्यवसायीक संघ नवलपरासीका अध्यक्ष रमेश पाण्डले ठुला लगानीको होटलले यस क्षेत्रमा बाह्य पर्यटकहरुको आवगमनलाई थप सजिलो बनाउने हुदा यस्ता ठुला लगानीका होटल अझै खुल्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्