सरकारलाई गतीलो झटारो : पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीत युट्युव ट्रेन्डिङमा (भिडियोसहित)
काठमाडौं, फागुन ४ । बिशेषगरेर समयसान्दर्भिक र व्यंग्यात्मक गीत बजारमा ल्याउने लोकदोहोरी गायक पशुपति शर्माको अर्को गीत ‘लुट्न सके लुट नेपालमै हो छुट’ बजारमा आएको छ । उक्त गीत गायक शर्माले बिहिवार आफ्नै आधिकारिक युट्यूब च्यानलमार्फत भिडियोसहित सार्वजनिक गरेका हुन्।
युट्युवमा राखिएको निकै कम समयमा गीत अत्यधिक रुचाईएको छ । गीत अहिले युट्युव ट्रेन्डिङ १८ नम्बरमा पर्न सफल बनेको छ । यो समाचार तयारपार्दा सम्म गीतलाई २२ लाख बढिले हरिसकेका छन् ।
देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई गायक पशुपतीले गीतमा निकै मार्मिक ढंगले समेटेका छन,यसो त पशुपती शर्माका प्राय गीत जनचेतना मुलक र व्यग्यात्मक हुने गर्दछन।उनले यो गीतमार्फत पनि सरकारलाई गतीलो झटारो प्रहार गरेका छन्।
गीतमा शब्द अनि संगीत पनि गायक शर्माको आफ्नै रहेको छ। गीतको म्युजिक भिडियोमा पशुपति शर्मा, मञ्जु विक र प्रज्योल भण्डारी देखिएका छन्।
भिडियोलाई निर्देशन दुर्गा पौडेलले गरेका छन् भने छायांकन पनि दुर्गा पौडेलले नै गरेका छन्।यसको सम्पादन नविन घर्ती मगरले गरेका हुन्।
https://www.youtube.com/watch?v=bdhrOfi6xLc
प्रतिक्रिया दिनुहोस्