सांसद सिलवालमाथी किर्ते गरेको आरोपमा मुद्दा दर्ता, प्रहरीद्वारा अनुसन्धान सुरु

काठमाडौ. । एमालेको तर्फबाट ललितपुर १ का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नवराज सिलवालमाथि कीर्ते मुद्दा लागेको छ ।
पूर्व डिआजी समेत रहेका सिलवालमाथि महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दार्ता गरेको हो । परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले जाहेरी दर्ता भएको पुष्टि गर्दै भने, ‘अनुसन्धान सुुरु भएको छ ।’
सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि तत्कालीन डीआईजी सिलवाल आफूलाई अन्याय भएको भन्दै आईजीपी बनाउन सर्वाेच्चको शरणमा पुगेका थिए ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गर्नुका साथै कार्यसम्पाद मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिए पश्चात सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनाएका थियो ।

त्यसमा असन्तुष्ट सिलवाल फेरि सर्वाेच्च गए । तर, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको पूर्ण इजलासले उनको मागदाबी अस्वीकार गर्यो । अब उनको सांसद पद पनि धरापमा पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्