महाअभियोगबाट बच्न अख्तियार आयुक्त पाठकले दिए राजीनामा
जागरण न्युज
काठमाडौं, फागुन ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार दिउँसो शितलनिवास पुगेर पाठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।
पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घूस लिएको भिडियो रेकर्डसम्बन्धी समाचार सार्वजिनिक भएको थियो ।
स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको समाचार सार्वजनिक भएसँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले उनीमाथि महाभियोगको छलफल अगाडि बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस्