नायिका बर्षा राउत र संजोगले प्रेमलाई बिहेमा परिणत गरे , बिहेमा देखिए यस्ता ! ( हेर्नुहोस् फोटोसिहत)
काठमाडौं, फागुन ३ । नायिका बर्षा राउत र नायक संजोग कोइरालाले बिवाह गरेका छन् । प्रेम दिवसको अवसर पारेर उनीहरुले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् ।
पारिवारिक जमघटबिच वर्षा र संजोगले गोप्य तरिकाले बिवाह गरेका हुन् । विवाह समारोहमा मिडियालाई प्रतिबन्घ लगाइएको थियो । कुनै पनि मिडियालाई प्रवेश गर्न दिईएको थिएन् ।
आज अर्थात् फागुन ३ गते (आज) उनीहरुले बिहे भोज राखेका छन्, जहाँ फिल्मकर्मी तथा आफन्तलाई निम्ता दिइएको छ । बिहेको फोटो भने अफिसियल रुपमा सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्