एजुकेशन एण्ड माइग्रेशन कर्नरले काठमाडौंमा एजुकेशन फेयर आयोजना गर्दै

ध्रुब थापा-

काठमाडौं । यहि फ्रेबुअरी १७ र १८ तारेख काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर आयोजना हुने भएको छ । शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय एजुकेशन एण्ड माइग्रेसन कर्नरले उक्त अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्ने भएको छ । पुतलीसडकस्थित शंकरदेव कलेजसँगैको माधवी टावर, फेयर कर्नरको कार्यालयमा आयोजना हुने बताइएको छ ।

फेयरमा अष्ट्रेलियाका १० भन्दा बढी कलेज एवम् यूनिभर्सिटीहरूको सहभागिता रहने भएको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि यो फेयर लाभदायक हुने आयोजकको समेत दाबी छ ।

अष्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको यो संस्थाले काठमाडौं, हेटौँडा, पोखरा, चितवन, झापा लगायतका मुख्य शहरहरुमा साखा विस्तार गरि विद्यार्थीहरूलाई उचित शिक्षासम्बन्धी सेवा प्रदान गरिरहेको एजुकेशन एण्ड माइग्रेशन कर्नरका निर्देशक सुनिल उप्रेतीले जानकारी दिए । उनका अनुसार एउटै छानामुनि शिक्षासम्बन्धी जानकारी दिने तयारीका साथ आयोजना गरिएको र साथसाथै फेयरमा सहभागी हुन आउने विद्यार्थीहरूका लागि पनि विभिन्न किसिमका सुविधा प्रदान गर्ने अभिप्रायले फेयरमा सहभागी हुनासाथ हरेक विद्यार्थीलाई दुई सय रूपैयाँको सिमकार्ड प्रदान गरिने बताए ।

त्यस्तै अष्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई १० हजारसम्मको छात्रवृत्ति उपलब्ध गराइने भएको छ । साथमा लक्की ड्रमार्फत विभिन्न पुरस्कारहरू प्रदान गरिने समेत कार्यक्रम रहेको छ । ‘हामी फेयरमा आउनु हुने विद्यार्थीहरूलाई आफ्ना डकुमेन्टहरु साथमा ल्याउन अनुरोध गर्दछौँ, किन भने केही कलेज र यूनिर्भसीटीले अष्ट्रेलियामा पढ्न चाहने विद्यार्थीहरूलाई तुरून्त अफर लेटर पनि दिनेछन्,’ उप्रेतीले थप जानकारी दिए ।

नेपाली विद्यार्थीहरूको उच्च शिक्षा अध्यनका लागि आकर्षक गन्तब्य बनिरहेको अष्ट्रेलियामा जान चाहनेका लागि यो फेयर लाभदायक र आवश्यक जानकारीमूलक हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्