आजका पत्रपत्रिकाले प्रकाशित गरेको मुख्य समाचारहरु

काठमाडौं,२८ माघ । संघीय राजधानी काठमाडौंबाट प्रकाशित आजको राष्ट्रिय दैनिक पत्रिकाहरुले आ–आफ्नै किसिमको खबरहरुलाई प्राथमिकतामा प्रकाशन गरेका छन् । आजका सबै राष्ट्रिय दैनिकहरुले एनसेल कर प्रकरण सम्बन्धि समाचारलाई महत्वकासाथ समाचार प्रकाशन गरेको छ । तत्काल वक्यौता नतिरे इजाजत रद्ध भनि शिर्षकमा मुख्य समाचार प्रकाशन गरेको छ । त्यस्तै पैसाको लोभले संख्या बढाई शिर्षक अनियमितताको समाचारलाई प्रकाशन गरेको छ ।
राज्यका सबै निकाय र नेपाली सेना एक्लैले बराबरको संख्यामा गाडी खरिद, द्वन्द्वकालीन मुद्दा टुंग्याउन प्रचण्डले दबाव दिएको लेखेका छन् भने कुनैले सरकारले १ वर्षमा खरिद गरेको सवारी साधनहरुको हिसाब निकालेको छ ।

त्यस्तै, दूरसञ्चार सेवा प्रदायकको वक्यौता, धरान नगरपालिकाको बजेट दुरुपयोग, सेनाभित्रको आर्थिक चलखेललगायतका विषयलाई पनि आजका पत्रपत्रिकाहरुले महत्वका साथ छापेका छन् ।

नयाँ पत्रिका दैनिकले सरकारले १ वर्षमा खरिद गरेको गाडीको हिसाब निकालेको छ । रिपोर्टअनुसार राज्यका सबै निकायले १ वर्षमा ६ अर्ब ६१ करोड ३८ लाखको गाडी किनेका छन् । अझै रोचक त सेना एक्लैले ६ अर्ब ६१ करोड ४५ लाखको गाडी किनेको छ ।

नयाँ पत्रिका लेख्छ– मितव्ययी हुने सरकारी नीति भए पनि सवारीसाधनमा राज्यको खर्च अनियन्त्रित छ । मर्मत गरेर गाडी चलाउनुको सट्टा सरकारी कार्यालयहरु नयाँ किन्ने प्रतिष्पर्धामा छन् । अझ राज्यका बाँकी सबै निकायभन्दा सेना एक्लैले सवारी साधनमा धेरै खर्च गरेको छ ।

नयाँ पत्रिकाका अनुसार मर्मत गरेर चलाउन सकिने गाडी थन्क्याएर नयाँ गाडी किन्ने होड नै चल्ने गरेको छ । यस्तो प्रवृत्ति बढेपछि महालेखापरीक्षकको कार्यालयले अध्ययन थालेको छ ।

द्वन्द्वकालीन मुद्दा टुंग्याउन नेकपा अध्यक्ष प्रचण्डले दबाव दिएको दाबी कान्तिपुरले गरेको छ । द्वन्द्वकालीन मुद्दाले अप्ठ्यारोमा पार्ने जोखिम देखेपछि नेकपा अध्यक्ष प्रचण्डले यो विषय छिटो टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत शनिबार भेटेर दबाव दिएको समाचारमा उल्लेख छ ।

कान्तिपुर लेख्छ– सत्यनिरुपण तथा मेलमिलापको काममा अपेक्षित प्रगति नभएको र यो विषयमा अन्तर्राष्ट्रिय समुदायले बोल्न थालेको उल्लेख गर्दै प्रचण्डले प्रधानमन्त्रीलाई आन्तरिक रुपमै टुंग्याउन आग्रह गरेका छन् ।

सीमावर्ती भारतीय रेल्वे ट्रयाकमा २ नेपाली छात्राको शव आइतबार फेला परेको खबर पनि कान्तिपुरमा छ । समाचार अनुसार पर्सा कालिकामाई २ भेडिहारीकी निभा कुमारी र अर्की एक परिचय नखुलेकी छात्राको शव भेटिएको छ ।

एनसेलका पुरानो खरिद बिक्रीमा समेत कर छलीको आशंका गर्दै संसदको अर्थ समितिले सुरुदेखिकै सम्पूर्ण विवरण मगाएकोलाई पनि कान्तिपुरले ‘एनसेलका पुराना बिक्री व्युँतिँदै’ शीर्षक दिएर छापेको छ ।
सरकारले वन्यजन्तुको पालन, प्रजनन, मांसाहार, वेचबिखन र विदेश निकासीसमेत गर्न सकिने नीति ल्याएकोलाई कान्तिपुरले एंकर बनाएको छ ।

कान्तिपुरका अनुसार यस्तो प्रावधानसहितको वन नीति २०७५ लाई मन्त्रिपरिषदले गतसाता स्वीकृत गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२ को पाँचौं संशोधनमा पनि व्यक्ति वा संस्थाले अनुमति लिएर वन्यजन्तु अध्ययन, अनुसन्धान तथा पालन गर्न सक्ने र सरकारले तोकिएको शुल्क लिएर बीउ प्राणी [सिड एनिमल] उपलब्ध गराउने उल्लेख छ । कान्तिपुरका अनुसार त्यस्तो शुल्क कति हुने र कसरी उपलब्ध गराउने भन्ने निक्र्योल भने राष्ट्रिय निकुञ्ज विभागले गर्नेछ ।

सरस्वती पूजाको अवसरमा अक्षराम्भ गरेका बालबालिकाको तस्वीर छापेको नागरिकले दूरसञ्चार सेवा प्रदायकको बक्यौता ३ अर्ब पुगेको लेखेको छ । समाचार अनुसार तत्काल नतिरे इजाजत रद्द गर्न संसद्को अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ ।

२६ पृष्ठको अख्तियार दिवस विशेषांक निकालेको अन्नपूर्णले सेनाको गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट खरिदमा डेढ अर्बको आर्थिक चलखेल भएको जनाएको छ । त्यस्तै धरान नगरपालिकाले पर्यटन विकासमा छुट्याएको ६३ लाख रकम भतेरमै स्वाहा गरिएको खबर पनि अन्नपूर्णमा छ ।

गोरखापत्रले ‘भेनेजुएलाका विषयमा नेकपामा विवाद छैन’ शीर्षक दिएर नेकपा नेताको प्रष्टीकरण छापेको छ भने राजधानीले स्वास्थ्य व्यवसायी परिषद्ले मनपरी लाइसेन्स बाँडेको लगायत खबरलाई पहिलो पृष्ठमा समेटेको छ ।
त्यस्तै आजको कारोबार दैनिकले पूजीगत खर्च बढाएर थप २ लाख ३६ हजार रोजगारी प्रधानमन्त्री रोजगार कार्यक्रमको समाचारलाई विशेष समाचार बनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम फागुण १ देखि लागू हुँदै छ ।
आजको आर्थिक राष्ट्रिय दैनिकले राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया निक्षेप सबैभन्दा बढि  महत्व दिएर समाचार बनाएको छ ।
त्यस्तै राष्ट्रिय दैनिक आर्थिक अभियानले पर्यटक स्तरीय होटल ३ वर्षमा ५ सय थपीएको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै माथिल्लो त्रिशुली थ्री बी आयोजना ३ वर्ष भित्र भन्ने शिर्षकमा समाचार मुख्य समाचार बनाई प्रकाशित गरेको छ । ।

प्रतिक्रिया दिनुहोस्