ओली र प्रचण्ड एका बिहानै राष्ट्रपति कार्यालयमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शितल निवास गएका छन् ।

ओली र प्रचण्डले पछिल्लो राजनीतिक परिवर्तनका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीसंग छलफल गरिरहेको बुझिएको छ ।

छलफलमा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले पेश गरेको राष्ट्रिय सभा अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किएपछि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

ओली र प्रचण्ड भने देउवाले सहजै सरकार छाडिदिउन् भनी चाहिरहेका छन् ।

राष्ट्रपतिले एमाल र माओवादीकै सल्लाहमा अध्यादेश रोकेको आरोप काँग्रेसले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्