फेरि उत्कृष्ट मोडल उपाधी हात पार्न सफल भईन सञ्चिता शाही! ( फोटोसहित)

काठमाडौं, माघ २५ । फेरि सञ्चिता शाही नेश्नल पावर न्युज म्युजिक अवार्डमा उत्कृष्ट मोडल उपाधी हात पार्न सफल भएकी छन् ।
पछिल्लो समय एक पछि अर्को गितमा आफ्नो अभिनय कला प्रस्तुत गर्दै सबै माझ लोकप्रिय बन्दै गइरहेकी मोडल  शाहीले नेश्नल पावर न्युज म्युजिक अवार्डमा मलमपट्टि गितबाट उत्कृष्ट मोडलको अवार्ड जितेकी हुन् ।

अवार्ड पाएकोमा खुशि हुुँदै दर्शक श्रोताहरुको माया रहेको बताउदै उनीहरुकै माया र साथले आज पनि यो अर्को अवार्ड पाएको उनले बताईन् ।
निकै चर्चामा रहेकी मोडल सन्चिता शाहीको सफलता दिनानु दिन चुलिदै गएको छ ।
विहिवार काठमाण्डौमा एक कार्यक्रम विच सम्पन्न सो म्युजिक अवार्ड कार्यक्रममा अहिले सम्मकै फरक समावेशी अवार्ड समेत वितरण गरिएको छ ।

आवर्ड पाइसकेपछि उनले भनेकी छन “मेरो मेहनत को चौथो फल, मलमपट्टि गित बाट नेस्नल पावर न्यूज म्युजिक अवार्ड  को सर्बोकृष्ट लोकदोहोरी बेस्ट मोडेल अवार्ड पाउन सफल भएकी छु ‘

उनले आयोजक परिवार तथा मलमपट्टि परिवार लाइ धन्यबाद दिएकी छन । उनी भन्छन् आफुमा अझै जिम्बेवारि थपिएको छ ।

उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरि लाखौ दर्शकहरुको मन जित्न सफल भएकी छिन् ।हाल उनी म्युजिक भिडियोमा नै ब्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्