काठमाडौं, माघ २४ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवरुद्ध सेवा खुलाउन माग गर्दै सांसदहरुले प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको ध्यानाकर्षण गराएका छन् ।
सो क्षेत्रका सांसदहरुले समितिमा सामूहिक निवेदन दिँदै विविध कारणले प्रतिष्ठानको अवरुद्ध सेवा सञ्चालनका लागि आवश्यक छानविनको पहल गर्न माग गरेका हुन् ।
गत माघ २ गतेबाट प्रतिष्ठानका कर्मचारीहरु आन्दोलिन भएकाले सेवा प्रभावित बनेको हो ।
‘विविध कारणले अस्पतालको आधारभुत सेवासमेत प्रभावित भई सर्वसाधारण जनताहरु स्वास्थ्य उपचारबाट पूर्णत वञ्चित भएको कुरा हामी जनप्रतिनिधिसमक्ष त्यहाँका विभिन्न सरोकारित पक्षहरुले पटकपटक धयानाकर्षण गराएको हुनाले हामी सवै यस विषयप्रति चिन्तित, गम्भीर र संवेदनशील भएका छौं ।
तसर्थ यस विषयमा आवश्यक छानविन गर्न,स्थलगत अध्ययन अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएकाले संघीय संसद प्रतिनिधि सभाको सरोकारवाला समिति शिक्षा तथा स्वास्थ्य समितिको ध्यानाकर्षण गराउने उद्देश्यले हामीले सामूहिक निवेदन गर्न चाहेका छौ’ सांसदहरुले समिति सभापति जयपुरी घतीलाई सामुहिक निवेदन बुझाउदै भनेका छन् ।
सो प्रतिष्ठान २२ लाख जनताको सेवा केन्द्र भएको दावी सांसदहरुको छ ।a
प्रतिक्रिया दिनुहोस्