आज संसदमा सवालको जवाफ हुँदै

 काठमाण्डौ, २३ माघ । प्रतिनिधिसभाको बैठकमा आज दिउँसो बस्दै छ । संसदमा पाँच जना विभागीय मन्त्रीले सांसदहरुकने प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

दिउँसो १ बजे बोलाइएको बैठकमा गृह मन्त्री रामबहादुर थापा, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सांसदरुसंगको पश्नोत्तर कार्यसूची तय भएको प्रतिनिधिसभाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर सुरु गरेको प्रतिनिधिसभाले मन्त्री र सांसदबीच पनि सवालजवाफ गर्न लागेको हो ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आजै पनि विरोधका आवजकासाथ संसदमा आफ्नो भूमिका निर्वाह गर्ने जनाएको छ ।

यस्तै आजको बैठकमा नेपालको संविधान अनुकूल बनाउन केही ऐनलाई संशोधन गर्ने विधेयकका सम्बन्धमा समितिको प्रतिवेदन, लोक सेवा आयोगको ५९ औं वार्षिक प्रतिवेदन, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग, सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पनि सम्बन्धित मन्त्रीले पेश गर्ने कार्यसूची रहेको प्रतिनिधिसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्