सरकारको विरोधमा जनसम्पर्क समिति बेलायतद्धारा ज्ञापनपत्र, देशमा स्थिरता ल्याउन पूर्णरुपमा विफल भएको आरोप

काठमाडौं,माघ २२ । नेपाली जनसम्पर्क समिति बेलायतले केपी ओली नेतृत्वको सरकारको विरोधमा सोमबार यहाँस्थित दूतावासलाई एक ज्ञापनपत्र बुझाएको छ ।
समितिका बेलायत सभापति युबराज गुरुङको नेतृत्वमा लण्डन स्थित दुताबास पुगेको टोलीले बेलायतका लागि नेपाली राजदूत डा। दुर्गा बहादुर सुवेदी समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरिएको ८ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
समितिका उपाध्यक्ष कोपिला सुब्बाका आनुसार ज्ञापनपत्र बुझ्दै राजदूत सुवेदीले उक्त ज्ञापनपत्र तुरुन्तै पररास्ट्र मन्त्रालय मार्फत प्रधानमन्त्रीलाई पठाइने आश्वासन दिएका थिए ।
ज्ञापनपत्रको बोधार्थ काँग्रेस सभापति शेरबहादुर देउवासमेतलाई दिइएको छ ।
ज्ञापनपत्रमा केपी ओली नेतृत्वको सरकार देशमा स्थिरता ल्याउन पूर्णरुपमा विफल भएको आरोप लगाइएको छ ।
जनताले नेपाल कम्युनिस्ट पार्टीलाई दिएको दुई तिहाईको बहुमत दिएपनि देश गरिबी, भ्रस्टाचार हत्याहिंसा र बलात्कारबाट आक्रान्त भइरहेको आरोप ज्ञापनपत्रमा उल्लेख छ ।
काँग्रेसले देशका ७७ वटै जिल्ला र प्रवासमा रहेको जनसम्पर्क समिति समेतलाई सरकारको विरोधमा प्रदर्शन गर्न आह्वान गरेअनुसार बेलायत समितिले पनि दूतावासमा विरोधसहित ज्ञापनपत्र बुझाएको हो ।
प्रतिक्रिया दिनुहोस्