काठमाडौँ–तराई–मधेस द्रुतमार्गको नयाँ डिपिआर तयार, सुरुङको दुरी बढ्ने

काठमाडौं, माघ २२ । नेपाली सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को अन्तिम प्रतिवेदनको मस्यौदा प्राप्त गरेको छ । द्रुतमार्गको डिपिआर दक्षिण कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको हो ।
सेनाले डिपिआर अध्ययन गरेपछि अन्तिम रुप दिइने बताइएको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।
सेनाका अधिकारीहरुले कोरियन कम्पनीले उपलब्ध गराएको डिपिआर अध्ययनमा दुई साता जति लाग्ने जनाएका छन् ।
कोरियन कम्पनीले १० करोड १५ लाख रुपैयाँको लागतमा द्रुतमार्गको डिपिआर तयार पारेको हो । यसअघि द्रुतमार्गको डिपिआर तयार पारेको हो । यसअघि द्रुतमार्गको डिपिआर तयार पारेको भारतीय कम्पनी आइएल एन्ड एफएसले डिपिआरको मूल्य ६१ करोड रुपैयाँ तोकेको थियो ।
अत्यधिक महँगो मूल्य तोकिएका कारण सेनाले पुरानो डिपिआर खरिद गर्नुको साटो नयाँ बनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्