देशभरका सबै रेष्टुरेण्ट ठप्प पार्ने होटल/रेष्टुरेण्ट मजदुरको चेतावनी, मंगलबारको बन्द कार्यक्रम स्थगन, (विज्ञप्ति सहित)

काठमाडौं, २१ मघ । ग्राहकसंग लिदैँ आईएको १० प्रतिशत सेवाशूल्क (टिप्स) खारेजीको विरोधमा आन्दोलनरत नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघ लगायत मजदुर संघ/संस्थाहरुले सेवा शुल्क खारेजीको बिरोधमा मंगलबारदेखि देशका सबै रेष्टुरेण्ट बन्द गर्ने कार्यक्रम तय गरता पनि केहि दिनको लागि स्थगन भएको छ ।
गत सोमबार १० प्रतिशत सेवाशूल्क खारेज गरेको विरोधमा मजदुरहरुले मंगलबारदेखि सबै काम ठप्प पार्ने चेतावनी दिएका हो ।

तर, आन्दोलनरत सबै मजदुरहरुलाई रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) वार्तामा बोलाएको छ । ग्राहकबाट उठ्ने सेवाशूल्क (टिप्स) सबै मजदुरमा बाँड्ने तथा व्यवस्थापन पक्षबाट अन्य अतिरिक्त लाभ उपलब्ध गराउने भनिएपनि मजदुर संगठनले व्यवसायीहरुलाई नै धम्कीको वातावरण सिर्जना गरेको रेबानले जारी गरेको विज्ञप्तिमा जनाईएको छ । सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षाकोष र हालको श्रम ऐन अनुसार तलब भत्ता दिने प्रतिवद्धता पनि रेवानले जनाएको छ ।

सर्वोच्च अदालतले कारण देखाउ आदेश दिइसकेको कारण उक्त आन्दोलनको कुनै औचित्य नरहेको रेबानले विज्ञप्तिमार्फत स्पष्ट पार्दै आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता लिन सबैमा अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्