काठमाडौ,माघ २१ । पछिल्लो समय नेपालमा क्यान्सर भयावह रुपमा देखापर्न थालेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्ट नेपालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद बरालले नेपालमा दैनिक रुपमा क्यान्सरका बिरामी बढीरहेको बताएका छन् । पछिल्लो समय नेपालमा पुरुषमा फोक्सो र महिलालाई पाठेघरको क्यान्सर अत्यधिक मात्रामा देखापर्ने गरेको जानकारी दिदै उनले सुरुमै क्यान्सर रोग पत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिने बताए ।
पहिले–पहिले ‘क्यान्सर नो एनसर’ भन्ने चलन थियो, डा बरालले भने, “अहिले क्यान्सर रोग लागेका धेरै बिरामीले क्यान्सरलाई जितेर सहज जिवनयापन गरीरहेका छन् ।”भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा। ऋषिकेश नारायण श्रेष्ठले नेपालमा क्यान्सर रोग भयावह स्थितिमा देखा परीरहेको बताउए ।
क्यान्सरको रोकथामका लागि नेपालमा राज्य र व्यक्ति दुवैको उत्तिकै भूमिका रहे पनि त्यो भूमीका निर्वाह गर्न नसकेको बताए । सरकारले क्यान्सर सम्बन्धी नीति ल्याउनुपर्ने भन्दै उनले क्यान्सर लागेकालाई एक लाख रुपियाँ दिएर क्यान्सर न्युनीकरण गर्न नसकिने धारणा व्यक्त गरे ।
नेपालमा क्यान्सर सम्बन्धी उपचार हुने सबै अस्पतालमा फोक्सो, मुख , घाँटी, पाठेघर र स्तनको क्यान्सर बढीरहेको जानकारी दिदै क्यान्सर रोग विशेषज्ञ डा। श्रेष्ठले क्यान्सरलाई रोकथाम गर्न राज्यको पहिलो प्राथमिकता हुने बताए।
अहिले नेपालमा प्रमुख क्यान्सरको रुपमा फोक्सो देखिएको छ । नेपालमा फोक्सो, पेट, आमासय, मुख, पाठेघरको मुख, प्रोस्टेट, स्तनको क्यान्सर बढी हुन्छ । त्यसमा पनि महिलामा पाठेघरको क्यान्सर र पुरूषमा फोक्सोको क्यान्सर सबैभन्दा बढी छ ।
भक्तपुर क्यान्सर अस्पतालले दिएको जानकारी अनुसार गत वर्ष बहिरङ्ग सेवा ओपीडीमा ७७ हजार बिरामी आएका मध्ये तीनहजार चारसय १२ जनामा क्यान्सर देखिएको थियो ।
अस्पतालका निर्देशक डा। श्रेष्ठले २० जनासम्म नयाँ रोगी पत्ता लाग्ने गरेको बताउनुभयो । उहाँले हप्तामा तीनदेखि पाँच जना क्यान्सरका बिरामीको अस्पतालमा मृत्यु हुने गरेको छ । नेपालमा वर्सेनि ४० हजार नयाँ क्यान्सर रोगी थपिने चिकित्सकहरूको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्