वैदेशिक रोजगार: श्रम सम्झौतापछि मात्र कामदार पठाउन सर्वोच्चको आदेश

काठमाडौं, माघ २१ । सर्वोच्च अदालतले श्रम सम्झौता गरेरमात्र कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ ।
सरकारले सर्वोच्च अदालतको आदेश पालना गरे अब श्रम सम्झौता भएका आठवटा मुलुकबाहेक अन्य मुलुकमा नेपाली कामदार जान पाउने छैनन् ।
लामो समयदेखि श्रम सम्झौता गरेरमात्र कामदारलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने माग हुँदै आए पनि यसमा सरकारले बेवास्ता गर्दै आएको थियो ।
सर्वोच्चको निर्देशनात्मक आदेशपछि भने अब सरकारले श्रम सम्झौता गरेरमात्र कामदारलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
प्रतिक्रिया दिनुहोस्