अरुणिमाकोे ३४ औं स्थापना दिवस सम्पन्न

काठमाडौं, २० माघ । अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ३४औ स्थापना दिवस स्मारिका लोकार्पण, व्यक्तित्व अभिनन्दन तथा विविध साँस्कृतिक कार्यक्रमसहित भव्यताका साथ सम्पन्न गरेको छ ।

ज्ञानरुपी ज्योतिले अज्ञानरुपी अन्धकारलाई हटाउने महान संकल्प बोकेर काठमाडौंको आरुबारीमा बि.सं.२०४२ सालमा स्थापित संस्था यहाँसम्म आउँदा आफूलाई त्रिनेत्रको रुपमा स्थापित गराउन सफल भएको छ ।

गुठियारहरुको सहयोगमा शैक्षिक गुठीकारुपमा संचालित यस प्रतिष्ठानले अरुणिमा मा.वि., बौद्ध, नव अरुणिमा मा.वि., आरुबारी एवं अरुणिमा शिशु सदन मा.वि., महाँकालसमेतको सुव्यवस्थापन गर्न सफल भैसकेको छ ।

स्थापना दिवसको अवसरमा प्रतिष्ठानले सामाजिक व्यक्तित्व तर्फ मिक्सु लामा र ठूलीमाया रिसाल, बरिष्ठ साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता बिजय चालिसे र शिक्षक तथा कर्मचारीका तर्फबाट विद्यालय सेवामा २० वर्षे कार्यकाल बिताउनु भएका तेज प्रकाश ढुङगेललाई सम्मान समेत गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि त्रिवि बिश्व बिद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. डा. देबराज अधिकारीले राष्ट्रको विकासमा अतुलनीय योगदान पुर्यायँदै आएको अरुणिमाले आगामी दिनहरुमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्दै आफूलाई उत्कृष्ट बिद्यालयको रुपमा स्थापित गराउन सकोस भन्ने धारणा सहित शुभकामना व्यक्त गर्नुभयो ।

बिद्यालयका प्रधानाध्यापक श्री ईश्वरीप्रसाद लामिछानेले सम्पूर्ण सहयोगी हातहरुका कारण अरुणिमा राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्थाहरू मध्यमा आउन सफल भएको भन्दै सम्पूर्ण सहयोगी तथा शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले आगामी दिनमा प्रतिष्ठानका विद्यालयहरूको गुणस्तर अभिवृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्ति गर्नुभयो ।
कार्यक्रममा तीनैवटा शैक्षिक संस्थाका बिद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरुको उल्लेखनिय उपस्थिती रहेको थियो भने बिद्यार्थीहरुले नेपाली भेष भूषा र संस्कृति झल्कने बिभिन्न साँस्कृतिक कार्यक्रमको प्रस्तुति समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्