प्रधानाध्यापकलाई कुटपिट गरेको भन्दै शिक्षकले गराए विद्यालय बन्द, कुट्ने शिक्षक प्रहरीको हिरासतमा

 काठमाडौं ,माघ २०। प्रधानाध्यापकलाई कुटपिट गरेको विरुद्धमा महोत्तरीको गौशाला १२ स्थित राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारका शिक्षकहरुले विद्यालय बन्द गरेका छन् ।
शनिबार विद्यालयका प्रधानाध्यापक देविप्रसाद घिमिरेलाई त्यही विद्यालयका शिक्षक राजकिशोर सिंहले हातपात गरेको भन्दै त्यस घटनाको न्यायोचित ढंगले छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आज एकदिनको लागि विद्यालय बन्द गराएका हुन ।
विद्यालयका शिक्षक महाविर सिंह कुशवाहाले पत्रकारलाई दिएको जानकारी अनुसार पूर्व प्रधानाध्यापक राजकिशोर सिंह र वर्तमान प्रधानाध्यापक देविप्रसाद घिमिरेबीच चर्काचर्की भएकाले छानबिन गरेर दोषीलाई कारबाहीको माग गर्दै एक दिनका लागि विद्यालय बन्द गरेको हुन् ।
विद्यालयमा पुरानो हरहिसाब बरबुझारथका क्रममा यस्ता घटना घटेकाले सुरक्षाको माग गर्दै विद्यालय बन्द गरिएको शिक्षक कुशवाहाले बताउनुभयो ।
यता समितिका सदस्य महेश कुमार सिंहले घटनाको सम्बन्धमा आपूmहरुले आजै थाहा पाएकोले विद्यालय व्यवस्थापन समितिको चाँडै वैठक बसेर आवश्यक कदम उठाइने जनाएका छन् ।
अहिले विद्यालयका पूर्व प्रधानाध्यापकद्वय राजकिशोर सिंह र देवनारायण महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँहरुलाई घटना भएलगतै प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्