संवैधानिक आयोगका पदाधिकारीका विषयमा संसदीय सुनुवाई आज, के छ मुख्य एजेण्डा ?

काठमाडौं, माघ २० । संवैधानिक आयोगका पदाधिकारीका विषयमा आज संसदीय सुनुवाई हुँदैछ । संसदको सनुवाई समितिले आज सुनुवाई सुरु गर्नेछ । संवैधानिक परिषद्ले ५ वटा संवैधानिक आयोगका अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको थियो ।
परिषद्ले समावेशी आयोगमा पूर्वसचिव शान्ताराज सुवेदी, मधेशी आयोगमा विजयकुमार दत्त, थारू आयोगमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगका अध्यक्षका लागि समिम अन्सारीलाई सिफारिस गरेको छ ।
सिफारिस भएका अध्यक्षहरूको संसदीय सुनुवाइ हुनेछ । समितिले अनुमोदन गरेपछि उनीहरू नियुक्त हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्