उपसचिव सरहका कर्मचारी समायोजन सुरु, आइतबारबाट समायोजन पत्र दिने

काठमाडौं माघ २० । सरकारले समायोेजनमा जाने उपसचिवलाई आइतबारबाट समायोजन पत्र दिने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले आइतबारदेखि उपसचिवले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जाने समायोजनपत्र बुझ्न थाल्ने जानकारी दिए ।
उपसचिवले आफ्नो समायोजनपत्र आफै प्रिन्ट गर्नसक्ने व्यवस्सथा मिलाइएको छ । उनका अनुसार आइतबार करिब २ हजार जनाले अनलाइनबाट आफ्नो समाायोजनपत्र प्रिन्ट गर्न सक्नेछन् । यो समाचार कान्तिपुरमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्