मानव तस्करीमा नयाँ रुट, तेस्रो मुलुक पुर्याउदै नेपाली युवती

काठमाडौं माघ २० । नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मुलुकमा पुर्याउदै आएको मानव तस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्या खुलेको छ ।
भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम लगाइदिने भन्दै विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न गराउने गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार पुर्याउने र त्यहाँबाट खाडी तथा अफ्रिकन मुलुकमा पुर्याउने वेश्यावृत्तिलगायत यौनजन्य क्रियाकलापमा जबरजस्ती संलग्न गराउने गरेको पाइएको छ ।
महिला बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको माइती नेपालले म्यानमार हुँदै नेपाली युवतीलाई तेस्र्रो मुलुक पुर्याउनेरहस्या पत्ता लगाएको दाबी गरेको छ । काठमाडौं विमानस्थलमा नेपाली महिलालाई तेस्रो मुलुक जानमा कडाई गरेपछि दलालले पूर्वोत्तर भारतको नाका प्रयोग गरेर म्यानमार पुर्याउने र त्यहाँको यांगुन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी नेपाली युवतीलाई अन्य मुलुक पुर्याउने गरेको माइती नेपालका अध्यक्ष विश्व खड्काले जानकारी दिनु भयो । यो समाचार आजको नेपाल समाचार पत्रमा छ ।
प्रतिक्रिया दिनुहोस्