काठमाडौं,माघ १९ । भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल–अमेरिका सम्बन्ध थप पेचिलो बनेको छ ।
अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प्रस्टीकरण लिएको छ ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीसहितले कूटनीतिक समुदायलाई गरेको ब्रिफिङमा शुक्रबार काठमाडौंमा रहेका अमेरिकी राजदूत अनुपस्थित भएका छन् ।
अमेरिकी सरकारले नेपालसँग पार्टीको वक्तव्य र सरकारको धारणा एउटै भए÷नभएकोबारेमा डिसी र काठमाडौं, दुवै ठाउँमा जानकारी लिएको काठमाडौ स्थित अमेरिकी दूतावासका एक प्रवक्ताले जानकारी दिएकी छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्