अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले दिइन् राजीनामा

काठमाडौ, १८ माघ । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छिन् । आफ्नै गाडीचालकले मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन् । त्यसपछि सरकारले उनलाई काठमाडौं बोलाएर स्पष्टिकरण सोधेको थियो । तर लक्की शेर्पाले आफुमाथी लागेको आरोप अस्वीकार गर्दै आएकी थिइन् ।

बिहिबार अष्ट्रेलियाबाट स्वदेश फर्किएकी शेर्पाले एक वक्तव्य जारी गर्दै उनले भनेकी छन्, ‘एक दिन मर्नुपर्ने जीवनमा ईमान्दारिता, कर्तव्य परायण र मानव सेवाबाट आजसम्म चुकिनँ र कहिल्यै चुक्ने पनि छैन । देश र जनता प्रतिको जिम्मेवारीमा अनवरत सेवा गरिरहँदा म माथि भएको चरित्रहत्याको न्याय कहिले र कसले दिने? न्यायिक फैसला होस्, सत्य नमरोस् त्यसैका लागि मैले राजीनामा दिएर बाटो खुला गरेको हुँ,’ उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्