साना दलहरु के मा भए त व्यस्त?

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसंगै साना दलहरु निर्वाचनको समिक्षामा जुटेका छन । ठुला राजनैतिक दलहरु नयाँ सरकार गठनको छलफलमा जुटिरहदा साना दलहरु भने चुनावी समिक्षामा जुटेका हुन ।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ १ सिट मात्र जितेको राष्ट्रिय जनमोर्चा समानुपातिकमा अपेक्षित मत प्राप्त गर्न नसक्दा राष्ट्रिय पार्टी बन्नवाट वन्चित भएपछि निर्वाचनको समिक्षामा जुटेको हो । जनमोर्चाले यसै महिनाको दोस्रो साता केन्द्रिय समितिको बैठक बोलाएको छ ।

यता नेपाल मजदुर किसान पार्टीले प्रतिपक्षको भुमिका निर्वाह गर्ने तयारी गरेको छ । निर्वाचन घोषणापत्रमानै यस्तो घोषणा गरिएकोले अव सोहि अनुसारको भूमिका निर्वाह गर्ने नेमकिपाका नेता प्रेम सुवालले जानकारी दिनुभएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रीकले पनि निर्वाचनको समिक्षा गर्दैछन ।

राष्ट्रिय पार्टी बन्न नसकेका दुवै राप्रपा अबका दिनमा कसरी अगाडी बढ्ने भन्ने रनणिति तय गर्न व्यस्त छन् । उता नेपाली कांग्रेसको समर्थनमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फ १ सिट जितेको नयाँ शक्ति, पार्टी गठन देखि निर्वाचनको परिणाम सम्मको समिक्षा गर्दै छ । राष्ट्रिय पार्टी बन्न नसकेका सबैजसो दलहरु ठूला निर्वाचनको समिक्षा संगै सरकार गठन प्रक्रियाका बारेमा छलफलमा व्यस्त छन् ।

 

प्रतिक्रिया दिनुहोस्