खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई एउटै कम्पनी बनाइने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

काठमाडौँ,माघ १७ । सरकारले जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगन्जलाई संघ मातहत नै राख्ने निर्णय गरेको छ ।
गत माघ १४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले सो जानकारी दिएका हुन् ।
 नेपाली काँग्रेसले यी दुई अस्पताललाई संघ मातहत नराखिएको भन्दै तीब्र विरोध गर्दै आएको अवस्थामा सरकारले सो निर्णय गरेको हो ।
यस्तै बैठकले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई मिलाएर आपूर्तिसम्बन्धी काम गर्ने व्यवस्थाका लागि उपयुक्त नाम सहित छुट्टै कम्पनीका रुपमा रुपान्तरण निर्णय गरेको छ । त्यसका लागि मन्त्रिपरिषद् बैडकले आवशयक प्रक्रिया अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
बैठकले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको  विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ ।
यस्तै गरी बैठकले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्न निर्णय गर्नुका साथै पर्साको ठोरी र बोगटान गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्