संसद अवरुद्ध कायमै राख्ने कांग्रेसको निर्णय

जागरण न्युज
काठमाडौं, १६ माघ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्ना नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध कायमै राख्ने बताएको छ ।
संसदको बैठक माघ ३ मा बोलाइएको छ । त्यसको अघिल्लो दिन बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले संसद अवरोध कायमै रहने बताएको हो ।
कांग्रेसको नाराबाजीका बीच प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पास गर्यो । त्यसपछि सरकारले अस्पतालबारे कांग्रेसको माग सम्बोधन गर्दै दुबै अस्पतालाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको छ ।
तर, कांग्रेसले चिकित्सा शिक्षा विधेयक पास गर्ने क्रममा सरकार र सभामुखले अधिकतम शक्ति प्रयोग गरेको भन्दै संसद सञ्चालन हुन नसक्ने बताएको छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘११ गतेको बैठक जुन ढंगले बसालियो, त्यसमा हाम्रो गम्भीर आपत्ति छ, आफ्नो गल्ती सच्याउनु पर्ने रहेछ तर, संसदमा चिकित्सा शिक्षाबारे छलफल भयो भने अगाडि बढ्न सक्दैन भन्ने लागेर होला, छलफल नगरी अगाडि बढाइयो ।’
डा. गोविन्द केसीसँग भएको कतिपय सम्झौताका विषय उल्टाइएको भन्दै उनले यसले सरकारमाथि नै अविश्वासको अवस्था आएको समेत ।

प्रतिक्रिया दिनुहोस्