नेपाली कामदारको सुरक्षामा ध्यान दिन साउदी सरकारलाई सभामुख महराको आग्रह

काठमाण्डौ, माघ १६ । सभामुख कृष्णबहादुर महराले साउदी अरेबियामा रहेका नेपालीको सुरक्षामा ध्यान दिन साउदी सरकारलाई आग्रह गरेका छन्।
साउदीको विकासमा नेपाली कामदारले महत्वपूर्ण योगदान गरेका नेपाली कामदारको भौतिक तथा पेशागत सुरक्षा एवं सेवा सुविधामा ध्यान दिन उनले साउदी सरकारसँग आग्रह गरेका हुन् ।
नेपालका लागि साउदी अरेबियाका नवनियुक्त राजदूत मुसैद एस अल मारवानीसँगको भेटमा सभामुख महराले यस्तो आग्रह गरे । भेटमा उन नेपाली कामदारलाई रोजगारीको अवसर जुटाइदिएकामा साउदी अरेबिया सरकारलाई विशेष धन्यवाद व्यक्तगरेका थिए ।
भेटमा नेपालको संसदीय परम्परा, सङ्घीय संसद्को संरचना, शासन पद्धतिलगायतको जानकारी दिँदै सभामुख महराले सङ्घीय संसद्को तर्फबाट छिट्टै नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन गर्ने तयारी भइरहेको बताएका थिए।
साउदी राजदूत मारवानीले आफ्नो कार्यकालमा साउदी–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्