डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, पेट खाली हुँदा देखियो यस्तो समस्या

काठमाडौँ , माघ १५ । २०र्औ दिन अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदै गइरहेको छ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार पछिल्लो समय डा. केसीको स्वास्थ्य अवस्थामा गिरावट आएपछि उनको शरीरमा सेतो रगतको मात्रामा समेत कमी आएको छ ।
डा. केसीको खाली पेट भएका कारणले उनको शरीरमा सेतो रगतको मात्र कम भएको डा. सुवास आचार्यले बताए। उनका अनुसार डा. केसीलाई संक्रमणको उच्च जोखिम रहेकाले चिकित्सकहरूको निगरानीमा राखिएको छ।
पुस २५ देखि इलामबाट अनशन सुरु गरेका डा। केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर उनलाई त्रिवि शिक्षण अस्पतालको आइसियुमा भर्ना गरिएको थियो।
आफ्ना माग पूरा नभएसम्म अनशन जारी राख्ने डा. केसीको अडान छ। त्यस्तै केसीको मागमा नेपाल चिकित्सक संघले समेत समर्थन जनाएको छ।
प्रतिक्रिया दिनुहोस्