टिपरको ठक्करबाट ११ बर्षीया बालिकाको मृत्युपछि ६ वटा टिपर जलाइए, तीन किलोमिटर क्षेत्रमा निषेधाज्ञा जारी

जागरण न्युज
काठमाडौं, १४ माघ । सुन्दर हरैंचा नगरपालिका वडा नं ११ सिसौघारीमा सोमबार बिहान ना ३३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट ११ बर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएको छ ।
सोमबार विहान बिराटनगरतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले ठक्कर दिने टिपरसहित अन्य ७ वटा सवारी साधनमा आगो लगाई जलाएको प्रहरीले जनाएको छ । बालिकालाई ठक्कर दिने टिपरको सवारी चालक भने फरार रहेको प्रहरीको जानकारी दिएको छ ।


जलिरहेका ६ वटा टिपर र एउटा ट्रकको आगो निभाउन आएका बारुणयन्त्रलाई समेत स्थानीयले अवरोध गरेपछि स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको हो । टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर निषेधाज्ञा जारी गरिएको छ ।
विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको हो ।
स्थानीयवासीले वालिकाको शव सडकमै राखेर दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्