कर ठग्ने ब्यवसायीहरुको विवरण तयार पार्दै, आपुर्ति मन्त्रालय- केहि दिनमा सार्वजानीक गर्छाै । मन्त्री शिवकुमार मण्डल

काठमाडौँ – राष्ट्रिय उपभोक्ता मञ्चको १२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै आपुर्ति मन्त्री शिवकुमार मण्डलले मुलुकमा राजश्व ठगी गर्ने ठूला ठुला व्यापारी तथा उद्मोगपतिहरुमाथि सूचनाका आधारमा अनुसन्धान भइरहेको बताए । मन्त्री मण्डलले त्यस्ता व्यवसायी तथा उद्योगीहरुलाई केही दिनभित्र सरकारले सार्वजनिक गर्ने समेत बताउनु भयो।
उहाँले भन्नुभयो, ‘मुलुकमा कानुन भएर पनि के गर्नु कार्यान्वयन पक्ष गतिलो छैन इराक र कुवेतको जस्तो कानुन लागू गर्ने अभ्यास गर्नुपर्छ ।’

मन्त्री अनुगमनमै जाँदा पनि हामिले गल्ती गरेका छैनौ भन्ने गल्ती स्वीकार्नै नखौज्ने उल्टै यस्ता मन्त्रीहरु कति आए कति भनेर जवाफ फर्काउने गरेको कुरा मन्त्री मण्डलले भन्नुभयो मन्त्रीले थप्नु भयो म जवसम्म मन्त्री भईरहन्छु तवसम्म प्रचलित नियम कानुन अनुसार जनताको पक्षमा काम गरिरहन्छु ।

आपूर्ति मन्त्रालयका निं सचिव मुकुन्द प्रसाद पौडेलले चाडपर्वका वेलामा सर्वसाधारण जनतालाई विभिन्न बहाना बनाई ठगी गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने र त्यसका लागि उपभोक्तासंग सम्बन्धीत संघ संस्थाको एकता हुनु जरुरी रहेको बताउनुभयो ।

जागरण न्यूज संवाददाता……

प्रतिक्रिया दिनुहोस्