काठमाण्डौ, माघ १४ । डा. गोविन्द केसीको जीवन रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको बताएका चिकित्सकहरुले आज (सोमबार) देखि रिले अनशन सुरु गर्दैछन् । नेपाल चिकित्सक संघको अगुवाइमा रिले अनशन सुरु गर्न लागिएको हो ।
टिचिङ अस्पतालमा बिहान १० बजेदेखि अनशन सुरु हुनेछ। संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको तर नसुनेकाले देशभरका चिकित्सकहरु रिले अनशन बस्न लागेको जानकारी दिए ।
चिकित्सकहरु रिले अनशन सुरु गर्ने भएपछि उपचार सेवा प्रभावित हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्