काठमाडौं महानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागु गर्ने

काठमाडौं, माघ १४ । काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि ५ स्थानीय तहको पाठ्क्रम निर्माण गरी लागू गर्ने भएको छ । महानगरका निजी र सामुदायिक सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको हो ।
कामपा शिक्षा समितिको केही दिन अघि बसेको बैठकले स्थानीय पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको हो । कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले स्थानीय तहले निर्णय गरे अनुसार पाठ्यक्रम निर्माण गर्न लागिएको जानकारी दिए ।
उनले भने–स्थानीय तहको नया पाठ्यक्रम निर्माण प्रकृया शुरु गरिसकेका छौं, आउँदो शैक्षिक सत्र २०७६ देखि महानगर भित्र रहेका निजी तथा सामुदायिक विद्यालयलमा नयां पाठ्यक्रम लागु हुने भएको छ ।
स्थानीय पाठ्यक्रम अनुसार प्राथमिक पाठ्यक्रम कक्षा १–३ २०६२, कक्षा ४ र ५ २०६५ र कक्षा ६–८ २०६९ मा जारी गरेको स्थानीय पाठ्यक्रममा स्थानीय, मातृ वा अन्य कुनै भाषामा अध्यापन गराउने व्यवस्था उल्लेख गरिएको थियो । तर अधिकांस विद्यालयले स्थानीय पाठ्यक्रममा पठन पाठन शुरु नगरेपछि कामपाले आधारभूत तह कक्षा १–८मा स्थानीय भाषामा अध्यापन शुरु गराउन लागेको खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्