विराटनगरमा नग्न अवस्थामा बालिकाको शव भेटियो

जागरण न्युज
काठमाडौं, १३ माघ । मोरङको विराटनगर महानगरपालिका ८ सिघिंयाखोलामा एक बालिकाको शव भेटिएको छ ।
स्थानीय ११ वर्षकी रुपमती दासको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । शनिबार साँझ अभिभावक टीभी हेर्न छिमेकमा गएका बेला रुपमती घरमै सुतिरहेकी अवस्थामा घरबाट हराएकी थिइन ।
साथीको घरमा गएको अनुमानमा परिवारका सदस्यले बेलुका खोजी नगरी सुतेका थिए ।
आइतबार विहान बुबा रामप्रसाद जिल्ला प्रहरी कार्यालयामा छोरी खोजी गरिदिन भन्दै पुगेका थिए । त्यसको केही बेरमा प्रहरीले पानीमा डुबेको अवस्थामा नग्न अवस्थामा शव भेटेको हो । शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्