चिकित्सा विधेयक जबरजस्ती पास गरेको भन्दै नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

जागरण न्युज
काठमाडौं, १३ माघ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला जलाएका छन ।
चिकित्सा विधेयक संसदबाट जबरजस्ती पास गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन ।
प्रतिपक्ष दल नेपाली कांग्रेस चिकित्सा विधेयक संसदबाट जबरजस्ती पास गरेको भन्दै सरकारसँग क्रूद्ध बनेको छ ।
नेविसंघले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न पनि माग गरेको छ ।
नेविसंघका नेता तथा कार्यकर्ताहरुले गरेको प्रदर्शनका कारण केहीबेर पशुपति क्याम्पस अगाडिको सवारी आवागमन समेत प्रभावित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्