आफ्ना मागको बेवास्ता गरेको भन्दै चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी

काठमाडौं, माघ १३। नेपाल चिकित्सक संघले सरकारलाई दिएको अल्टिमेटम आज सकिँदैछ । अनशनरत डा. गोवन्द केसीको मागलाई बेवास्ता गर्दै संसदले विधेयक पारित गरेको भन्दै संघले त्यसलाई सच्चाउन सरकारलाई अल्टिमेटम दिएको थियो ।
सरकारले आफ्ना मागको बेवास्ता गरेको भन्दै संघले देशभरका सम्पुर्ण अस्पतालका आकस्मिक बाहेक अन्य सेवा बन्द गर्ने तयारी गरेको संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो ।
डा केसीको जीवन रक्षाका निम्ति संघ कठोर भएर लाग्ने उहाँको भनाई छ । डा।केसीको जीवन रक्षाका लागि संघले आज दिउसो १ बजे उपत्यकाभित्रका चिकित्सकलाई शिक्षण अस्पताल महाराजगञ्जमा बोलाएको छ ।
सोही भेलाले आन्दोलनको स्वरुप र कार्यक्रम तय गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । यसैबीच त्रिवि शिक्षण अस्पताल विर अस्पताल र बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकले बिहिबारबाटै आकस्मिक बाहेकका सम्पुर्ण सेवा बहिस्कार गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्