गायिका चाँदनी मल्लले लिईन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्यको शपथ (फोटोसहित)

काठमाडौं । सुदुरपश्चिमकी चेली गायिका चाँदनी मल्लले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्यमा शपथ ग्रहण गरेकी छन् । उनले माघ १० गते मात्रै प्राज्ञ सभा सदस्यमा शपथ ग्रहण गरेकी हुन् ।
धेरैको मन जितिसकेकी गायिका मल्ल फेरी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभाको सदस्यमा मनोनित भएकी छिन् ।
चादनी मल्ल सहित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभा सदस्यको रुपमा मनोनित श्रष्ठाहरुको सपथ ग्रहण ५ जनाले लिएका थिए ।

मनोनित श्रष्ठाहरुको सपथ ग्रहण उपकुलपति, सदस्य सचिव तथा प्राज्ञ परिषद् सदस्यहरुको समुपस्थितिमा कुलपति श्री नारायणभक्त श्रेष्ठले शफत ग्रहण गराएका थिए । शफत ग्रहण गरिसकेकी मल्ल फेरी आफ्नो जिम्मेवारी पुरा गर्न फर्किएकी छन् ।
हाम्रो सस्कृतिलाई जोगाउन हाम्रो अधिकार हो हामीले हाम्रो सस्कृतिको सधै जग्रेना गर्नु पर्दछ भन्दै यो अभियानमा निरन्तर उनी लागी परेकी छन् । पछिल्लो समय हाम्रो मौलोक डेउडा सस्कृति संकटमा पनि पर्दै जान थालेको छ ।
नेपालको मौलिक भाका सुदूरपश्चिमका ९ र मध्यपश्चिमका केहि जिल्लाहरुमा मात्रै गाउने र खेलिने गरिन्छ । यसलाई संस्कृतिमा मध्यपश्चिम तथा सुदूरपश्चिमको ढुकढुकी देउडा गीत पनि भन्ने गरिन्छ । यो पछिल्लो समयमा आएर लोपहुदै आएको हामी आभास गर्न सक्छौ ।
यहि सस्कृतिलाई सदैब सदा हाम्रो मौलिक सस्कृतिलाई सधै बचाईराख्नु पर्छ भन्ने अभियान्ता पनि हुन् चाँदनी मल्ल।

पछिल्लो समय नेपाली लोक डेउडा तथा संचारको माध्यामले चिनिएको नाम हो चादनी मल्ल । चादनी मल्ल बिगत देखि नै यस क्षेत्रमा अवनारत खटिएकी गायिका हुन् । समयको मागसंग जुध्न सक्ने गायिका मल्लले दर्जनौ गीतमा स्वर भरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्